कोरोना कहरपछि पोखरामा औद्योगिक मेला: ‘नीजि क्षेत्रमैत्री वातावरण बनाऔं’

पाेखरा | मंसिर १६, २०७९

कोरोना कहरपछि पोखरामा औद्योगिक मेला: ‘नीजि क्षेत्रमैत्री वातावरण बनाऔं’

पोखराः  गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दु कुमार थापाले नीजि क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । 


पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेका समृद्धि स्टिल्स् राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को उत्घाटन समारोहलाई सम्बोधन गर्दै बोल्दै मन्त्री थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । मन्त्री थापाले गण्डकी प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउन नीजि क्षेत्रका उद्योग व्यवसायीहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।


‘अहिले युवाहरु दैनिक रुपमा रोजगारका लागि विदेशीएका छन्, उनले भने, ‘समृद्ध प्रदेश, युवा स्वरोजगार कार्यक्रमलाई अगाडी बढाउन नीजि क्षेत्रलाई अगाडी बढाउनु आजको आवश्यकता हो ।’


मन्त्री थापाले पोखरा उद्योग वाणिज्य संघलाई चारैतिरबाट चुनौती थपिदै गएकाले मेला महोत्सवलाई परिवर्तन गरेर सञ्चालन गर्न सझाव दिए । 


‘व्यापार व्यवसायलाई लक्षित गरेर सञ्चालन गर्ने मेला महोत्सवमा चुनौती थपिदै गएको छ । मेला महोत्सव अन्य संघ–संस्थाहरुले गर्दै आएका छन् । अब यसलाई परिमार्जन गर्दै उद्योग वाणिज्य संघले प्रविधियुक्त हिसाबमा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ उनले भने । 


यसैगरि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगर र नीजि क्षेत्र मिलेर समृद्ध पोखराको यात्रामा जुट्नुपर्ने बताए ।  ‘पोखराको मात्र नभएर समग्र कास्कीको विकासको लागि निजि क्षेत्रसँगको साझेदारी अनिवार्य छ । त्यसैले निजि क्षेत्र र महानगरको समन्वय हुन आवश्यक छ ।’ उनले भने । 


प्रमुख आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनको पूर्वसर्त ल्याण्डफिल्ड साइट रहेको बताउदै ल्याण्डफिल्ड साइट स्थानान्तरणका लागि नीजि क्षेत्र, राजनीतिक दल, स्थानीयले समन्वय गर्न आग्रह गरे ।  ‘पुष १७ ( जनवरी १ तारिख) देखि विमानस्थल सञ्चालन गर्ने तयारी छ, उनले भने, ‘विमानस्थल सञ्चालन गर्न प्रयोग गरिरहको ल्याण्डफिल्ड साइट बन्द गर्दै छौं । २० गते देखि फोहोरलाई वर्गिकरण गरेर उठाउने तयारी हुदैछ ।  फोहोर कहाँ फाल्ने अहिले नै घोषणा गरेका छैनौ । त्यसैले ल्याण्डफिल्ड साइट स्थानान्तरण गर्न नीजि क्षेत्र, राजनीतिक दल र स्थानीयको समन्वय हुन आवश्यक छ ।’ 


यसैगरि आजदेखि सुरु भएको समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर २५ गतेसम्म सञ्चालन हुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलामा २५० व्यापारिक स्थलहरु निर्माण गरिएको छ । साथै रमाइलो मेला, बालउद्यान मेलादेखि राष्ट्रिय कलकारहरुको सांगितीक कार्यक्रमलाई समावेश गरिएको छ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष, आनन्दराज मुल्मी, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजिव कोइराला लगायतले बोलेका थिए । 

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्